काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट कालिकोटकी महिला नेतृ यशुदा बराल समानुपातिक प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्यमा चयन भएकी छन्। पिछडिएको क्षेत्रको कोटाबाट उनी समानुपातिक बन्दसूचीमा परेकी थिइन् ।

बराल लामो समयदेखि एमालेको संगठन निर्माण, महिला सशक्तिकरण तथा सामाजिक अभियानमा सक्रिय रूपमा संलग्न रहँदै आएकी नेतृ हुन्। विशेषगरी कर्णाली प्रदेशका दुर्गम तथा पिछडिएका समुदायका महिला, युवायुवती र सामाजिक विकासका विषयमा उनले निरन्तर आवाज उठाउँदै आएकी छन्।

advertisement

उनले कर्णाली क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्न तथा पिछडिएको समुदायको आवाज संसदसम्म पुर्‍याउने उद्देश्यले उनलाई समानुपातिक सूचीबाट चयन गरिएको जनाइएको छ। बरालको चयनसँगै कालिकोटसहित कर्णालीका स्थानीय कार्यकर्ता तथा समर्थकहरू उत्साहित भएका छन्।

स्थानीय बासिन्दाले पनि दुर्गम क्षेत्रको समस्या, विकास, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारका विषयमा संसदमा सशक्त आवाज उठाउने अपेक्षा गरेका छन्।

बरालले पनि आफूलाई दिएको जिम्मेवारी इमानदारीपूर्वक निभाउँदै कर्णालीका नागरिकको हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com