काठमाडौं । रूकुम पश्चिममा झोलुंगे पुलबाट हाम फालेका एक किशोरको मृत्यु भएको छ ।
त्रिवेणी गाउँपालिका–१० टोड्केका १७ वर्षीय महेन्द्र वली, जो मुसिकोट नगरपालिका–१ मा बस्दै आएका थिए, शनिबार दिउँसो करिब ३ बजे बराहटाकुरास्थित झोलुंगे पुलबाट हाम फालेका थिए। झन्डै २ मिटर तल हामफालेका उनको घटनास्थलमै किशोरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।
महेन्द्र कक्षा १२ मा अध्ययनरत थिए। हाम फाल्नु अघि उनले सामाजिक सञ्जालमा स्ट्याटस लेखेर घरपरिवारसँग माफी मागेका थिए।
किशोरले पुलबाट हाम फालेको खबर पाएपछि प्रहरी निरीक्षक पुनको नेतृत्वमा दश जनाको टोली घटनास्थलमा पुगेको थियो। महेन्द्रको शव शनिबार नै प्रहरीले अस्पताल पुर्याएको थियो। प्रहरी घटनाबारे अनुसन्धान गर्दैछ।
प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार













प्रतिक्रिया