काठमाडौं। नेपाल आयल निगमले मध्यपूर्वमा बढ्दै गएको तनावका कारण ग्यास अभाव समाधान गर्न घरायसी उपभोक्ता लाई पहिलो प्राथमिकता दिने निर्णय गरेको छ ।

निगमले जारी गरेको निर्देशनअनुसार होटल तथा व्यावसायिक प्रयोजनभन्दा पहिले सर्वसाधारण घरधुरीलाई खाना पकाउने एलपी ग्यास उपलब्ध गराउनुपर्ने व्यवस्था मिलाइएको छ ।

advertisement

निगमले उद्योगीलाई पनि आफ्नो तोकिएको क्षमताअनुसार ग्यास निरन्तर आयात गरी बजारमा पठाउन र दैनिक रूपमा कुन बिक्रेतालाई कति ग्यास आपूर्ति गरियो भन्ने स्पष्ट विवरण निगममा बुझाउन निर्देशन दिएको छ ।

ग्यास बिक्रेताहरूले पनि प्रत्येक उपभोक्ताको फोन नम्बरसहित अभिलेख अनिवार्य राख्नुपर्ने व्यवस्था गरिएको छ । व्यावसायिक प्रयोजनमा पठाइएको ग्यासको छुट्टै रेकर्ड राख्नुपर्ने र होटल/रेस्टुरेन्टलाई ग्यास बिक्री गर्दा घरायसी उपभोक्ता  को अभाव नहोस् भन्ने सुनिश्चित गर्नुपर्ने उल्लेख छ ।

मध्यपूर्वको युद्ध तथा तनावका कारण आयात प्रभावित हुँदा बजारमा ग्यास अभाव चुलिएको छ । निगमले यो निर्देशनमार्फत् कालोबजारी तथा अभावलाई नियन्त्रण गर्ने र सर्वसाधारणलाई राहत दिने प्रयास गरेको बताएको छ ।

यसअघि पनि २०७२ सालको नाकाबन्दीका बेला निगमले आधा सिलिन्डर (७.१ केजी) मात्र भरेर बिक्री गर्ने व्यवस्था लागू गरेको थियो । अहिले पनि अभाव गहिरिएमा त्यस्तै अस्थायी व्यवस्था गर्न सकिने संकेत निगमले गरेको छ ।

प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com