काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले अव बन्ने सरकारमा रहने मन्त्रीहरु को बारेमा पार्टीले कुनै निर्णय नगरेको बताएका छन्।

आइतबार पार्टी कार्यालय बनस्थलीमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रवक्ता झाले मन्त्री चयनका बारेमा पार्टी भित्र कुनै औपचारिक छलफल नभएको र कसैलाई जिम्मेवारी दिने कुनै निर्णय समेत नभएको बताए।

advertisement

उनले सांसदहरुले प्रमाणपत्र लिएर सपथ गरेपश्चातमात्रै सरकार गठन र मन्त्री चयनका बिषयमा छलफल हुने स्पष्ट पारे।

प्रवक्ता झाले रास्वपा नेतृत्वको सरकारमा रहने मन्त्रीहरु को बारेमा चासो रहनु स्वभाविक भएपनि अहिले नै मन्त्रालयगत दावी राख्नु राजनीतिक रुपमा व्यवहारिक नहुने दाबी गरे।

उनले जनताले दिएको मतलाई सम्बोधन हुने गरि रणनीतिक राजनीतिक प्रक्रियाहरू अघि बढाउने बताए।

प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com