काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्की नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुण्डु पुगेकी छन्।
पितृ आशौच बारिरहेका एमाले अध्यक्ष ओलीलाई समवेदना दिन प्रधानमन्त्री आज उनकै निवास पुगेकी हुन्।
प्रधानमन्त्री सुशीला कार्की उनका पति प्रथम पुरूष दुर्गा सुवेदीसहित गुण्डु पुगेर ओलीलाई भेटेका हुन्।
एमाले अध्यक्ष ओलीको बुवा मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो।
प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार













प्रतिक्रिया