काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेत ले सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै दायर अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न आदेश भएको छ ।
नेता बस्नेतले गत माघ ११ गते प्रेस चौतारी नेपालद्वारा आयोजित एक कार्यक्रममा सर्वोच्च अदालत र न्यायाधीशविरुद्ध अवहेलनाजन्य अभिव्यक्ति दिएको दाबीसहित अधिवक्ता लवन न्यौपानेले मुद्दा दायर गरेका थिए । गत फागुन २७ गते अवहेलना मुद्दा दर्ता भएको थियो । न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले लिखित जवाफ माग्ने आदेश दिएको हो ।
सचिव महेश बस्नेत ले कार्यक्रममा ‘प्रधानन्यायाधीश लगायतका न्यायाधीश लाग्दै नलागेको रोग लागेर गायब हुने, न्यायिक प्रक्रिया आतंकित भएर, डराएर अथवा लोभ प्रलोभनमा परेर अथा हस्तक्षेप भएर प्रक्रिया ढिला गर्ने नदिने दबाबमा पर्ने शक्तिको सामु डराउने प्रधान न्यायाधीश फोन अफ गर्ने पन्छिने’ भन्दै लाञ्छना लगाएका थिए ।
प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार













प्रतिक्रिया