काठमाडौं। मध्यपूर्वमा बढ्दै गएको सुरक्षा तनाव र युद्धको जोखिमका बीच अमेरिकी सरकार ले आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन तथा सम्भव भएसम्म व्यावसायिक उडानमार्फत क्षेत्र छाड्न आग्रह गरेको छ ।

अमेरिकी विदेश विभागले सोमबार जारी गरेको अद्यावधिक यात्रा परामर्शमा संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका अमेरिकी नागरिकलाई विशेष ध्यान दिन निर्देशन दिइएको छ ।

advertisement

परामर्शअनुसार अबुधाबी र दुबईबाट अमेरिका तथा युरोपका विभिन्न शहरतर्फ जाने व्यावसायिक उडानहरू अहिले पनि उपलब्ध छन् ।

तर क्षेत्रको तीव्र बिग्रँदो सुरक्षा अवस्थाका कारण उडान तालिका छोटो सूचनामा परिवर्तन हुन सक्ने वा अचानक रद्द हुन सक्ने सम्भावना रहेको स्पष्ट पारिएको छ ।

अमेरिकी सरकार अमेरिकी विदेश विभागले यूएईको साउदी अरब र ओमानसँग जोडिएका स्थल सीमानाहरू खुला रहेको र

ती देशबाट पनि व्यावसायिक उडान सञ्चालन भइरहेको जानकारी दिएको छ ।

विभागले पश्चिम एसियाको समग्र सुरक्षा अवस्थालाई निकटबाट निगरानी गरिरहेको र अमेरिकी नागरिकको सुरक्षा नै सरकारको सबैभन्दा उच्च प्राथमिकता रहेको दोहोर्‍याएको छ ।

यसैबीच रियादस्थित अमेरिकी दूतावासले साउदी अरबमा रहेका आफ्ना नागरिकलाई सकेसम्म चाँडो व्यावसायिक उडानमार्फत देश छाड्न सुझाव दिएको छ ।

दूतावासका अनुसार साउदी अरबको हवाई क्षेत्र अहिले खुला छ तर मिसाइल तथा ड्रोन आक्रमणको निरन्तर जोखिमका कारण हवाई यातायातमा बेलाबेला प्रतिबन्ध लाग्ने वा

उडानमा ढिलाइ हुने गरेको छ ।

रियाद, जेद्दा र दमामका विमानस्थलहरू सञ्चालनमा रहे पनि यात्रुहरूलाई आफ्नो एयरलाइन्ससँग सिधै उडानको वास्तविक अवस्था बुझ्न आग्रह गरिएको छ ।

दूतावासले साउदी अरबमा रहेका अमेरिकी सरकारी कर्मचारीलाई घरभित्रै सुरक्षित स्थानमा बस्न, सकेसम्म झ्यालबाट टाढा रहन र

बाहिर निस्कनु परेमा विशेष सावधानी अपनाउन निर्देशन दिएको छ ।

यसअघि मार्च ८ मा अमेरिकी विदेश विभागले निरन्तर भइरहेका मिसाइल तथा ड्रोन खतराका कारण साउदी अरबबाट गैर–आवश्यक

अमेरिकी सरकारी कर्मचारीलाई तत्काल फिर्ता बोलाउने आदेश दिएको थियो ।

सोमबार बिहान दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोनसँग सम्बन्धित घटना भएपछि केही समयका लागि उडान स्थगित गरिएको थियो ।

अधिकारीहरूका अनुसार उक्त घटनापछि लागेको आगो नियन्त्रणमा लिइसकिएको छ र विमानस्थल पुनः सामान्य सञ्चालनमा फर्किएको छ ।

अमेरिका, इजरायल र इरानसँग जोडिएको यो द्वन्द्वले मध्यपूर्व क्षेत्रभरि सुरक्षा तनाव चुलिएको छ ।

यसले हवाई यातायात, समुद्री मार्ग, तेल आपूर्ति र नागरिक सुरक्षामा ठूलो असर पारिरहेको छ ।

खाडी क्षेत्रमा कार्यरत नेपाली तथा अन्य देशका नागरिकहरूको जोखिम बढ्दै गएको छ ।

परराष्ट्र मन्त्रालयले नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन, अनावश्यक यात्रा नगर्न, स्थानीय सुरक्षा निर्देशन पालना गर्न र

कुनै समस्या परे तुरुन्त नजिकको नेपाली दूतावास वा परराष्ट्र मन्त्रालयको आपत्कालीन हटलाइनमा सम्पर्क गर्न आग्रह गरेको छ ।

यस क्षेत्रमा रहेका नेपाली श्रमिकहरूको सुरक्षाका लागि नेपाली दूतावासहरूले निरन्तर सम्पर्क र सहयोग गरिरहेका छन् ।

यदि कुनै नेपाली नागरिकलाई उद्धार वा सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गर्न सकिन्छ ।

मध्यपूर्वको यो तनावले विश्वव्यापी ऊर्जा आपूर्ति, हवाई यात्रा र व्यापारमा समेत गम्भीर प्रभाव पारिरहेको छ ।

प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com