काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमध्यको सुरक्षाका लागि युद्धपोत पठाउन अनुरोध गरिएका देशहरूले सहयोग गरे वा नगरे पनि आफूले त्यसलाई ‘याद राख्ने’ बताएका छन्।
अमेरिकी राष्ट्रपतिले केही दिनअघि चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतसँग उक्त क्षेत्रको सुरक्षाका लागि युद्धपोत पठाउन आग्रह गरेका थिए।
आइतबार ‘एयर फोर्स वन’ विमानमा यात्रा गर्दै पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिका धेरै वर्षदेखि स्ट्ेट अफ होर्मुजको सुरक्षामा सक्रिय रहेको बताए।
उनले अमेरिका स्वयंलाई होर्मुज जलडमरूमध्यको आवश्यकता खासै नभए पनि अन्य धेरै देशहरूलाई यसको आवश्यकता रहेको बताए।
उनले भने, ‘अब युद्ध समाप्त भइसकेको छ र इरानको सैन्य क्षमता कमजोर भइसकेको छ। यस्तो अवस्थामा अन्य देशहरू पनि सुरक्षामा सहभागी हुनु राम्रो कुरा हो।’
ट्रम्पका अनुसार दुई साताअघि बेलायतका प्रधानमन्त्री होर्मुज क्षेत्रमा आफ्ना दुई विमानवाहक पोत पठाउन हिचकिचाइरहेका थिए।
उनले भने, ‘जब हामीले धेरै हदसम्म अवस्था नियन्त्रणमा ल्याइसकेका छौँ, त्यसपछि उनीहरूले भने—‘हामी आफ्ना विमानवाहक पोत पठाउन चाहन्छौँ।’ त्यसबेला मैले भनेँ, ‘अब युद्ध जितिसकेपछि मलाई त्यसको आवश्यकता छैन।’
ट्रम्पले थपे, ‘मलाई उनीहरूको आवश्यकता तब थियो जब हामी युद्ध सुरु गर्दै थियौँ। त्यसैले हामीलाई समर्थन मिलोस् वा नमिलोस्, हामी यसलाई याद राख्ने छौँ।’
प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार












प्रतिक्रिया