काठमाडौं ।  ६ वर्ष कैद र २२ करोड रुपैयाँभन्दा बढी जरिवाना तोकिएका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष ६९ वर्षीय योगेन्द्रप्रसाद श्रेष्ठ रहेका छन्। उनी नागार्जुन नगरपालिका–५ सीतापाइला बस्ने तथा काठमाडौं महानगरपालिका–२४ वटु घर भएका हुन्।

advertisement

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाजिम्पाटबाट खटिएको टोलीले श्रेष्ठलाई काठमाडौंको नागार्जुन नगरपालिका–५ सीतापाइलाबाट पक्राउगरेको हो।

प्रहरीका अनुसार योगेन्द्रप्रसाद श्रेष्ठ ले नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडसँग सम्बद्ध रहँदा अनियमित तथा गैरकानुनी रूपमा निक्षेपकर्ता र संस्थाको हितविपरीत काम गर्दै बैंकिङ कसुर गरेको ठहर भएको छ।

सर्वोच्च अदालतले २०८१ भदौ ५ गते दिएको फैसलाअनुसार श्रेष्ठलाई दुई वटा मुद्दामा क्रमशः १९ करोड ४६ लाख १ हजार ६६२ रुपैयाँ ३९ पैसा जरिवाना र तीन वर्ष कैद तथा ३ करोड २१ लाख ३९ हजार ६८१ रुपैयाँ ५१ पैसा जरिवाना र तीन वर्ष कैद सजाय तोकिएको प्रहरीले जनाएको छ।

पक्राउपरेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरी प्रवक्ता काफ्लेले जानकारी दिएका छन्।

प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com