काठमाडौं । पूर्वमन्त्री रञ्जिता श्रेष्ठविरुद्ध दर्ता भएको लिचीबारी घुस प्रकरणसम्बन्धी भ्रष्टाचार मुद्दा अब सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो।

advertisement

यसअघि विशेष अदालतले श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर उक्त आदेशप्रति असहमति जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

गत फागुन १० गते विशेष अदालतले ७८ लाख रुपैयाँ बिगो कायम भएको यस मुद्दामा श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने थुनछेक आदेश दिएको थियो। अख्तियारले भने उक्त निर्णयलाई कानुनसम्मत नभएको दाबी गर्दै चुनौती दिएको छ।

अख्तियारका अनुसार श्रेष्ठसहितका प्रतिवादीविरुद्ध ७८ लाख रुपैयाँ बिगो कायम गर्दै २०८२ साल असोज २२ गते विशेष अदालतमा आरोपपत्र दायर गरिएको थियो। अहिले सोही मुद्दाको वैधानिकता र थुनछेक आदेशबारे सर्वोच्च अदालतमा अन्तिम निर्णय हुने प्रक्रियामा रहेको छ।

प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com