काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले नवनिर्वाचित सांसदहरूलाई जनताले दिएको ऐतिहासिक अवसरको सही उपयोग गर्न आह्वान गरेका छन्।

मंगलबारदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले वर्तमान समयलाई ‘इतिहास निर्माण गर्ने क्षण”का रूपमा चित्रण गरे। “हामीलाई इतिहास लेख्ने अवसर प्राप्त भएको छ। यदि हामीले यो अवसरको सदुपयोग गर्न सकेनौं भने आफूलाई नै माफ गर्न गाह्रो हुनेछ,’ उनले भने।

advertisement

डोलप्रसाद अर्यालले सुशासन र अनुशासनमा आधारित समाज निर्माण अपरिहार्य भएको उल्लेख गरे। उनले राज्यका आधारभूत सेवामा पहुँच पाउन नेताको सिफारिस खोज्ने परिपाटी अन्त्य गर्नुपर्ने धारणा राखे। ‘अस्पताल जाँदा, विद्यालय जाँदा वा सेवा लिन जाँदा नेताको खोजी गर्ने अवस्था अन्त्य हुनुपर्छ,’ उनले भने, ‘कर तिर्ने जस्तो प्रक्रियामा समेत अनियमितता हुने प्रचलन अब समाप्त हुनुपर्छ।’

उनले वर्तमान परिस्थितिमा बन्ने सरकारको जिम्मेवारी अत्यन्त गम्भीर र महत्वपूर्ण रहेको उल्लेख गर्दै जनअपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिए। ‘हाम्रा हरेक गतिविधि जनताले नियालिरहेका छन्। त्यसैले हामीले इमानदारी, लगनशीलता र क्षमताका साथ राष्ट्र र जनताको सेवामा समर्पित हुनुपर्छ,’ उनले बताए।

साथै, उनले सबै नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई आफ्नो भूमिकाप्रति गम्भीर रहँदै जिम्मेवारी सम्हाल्न र आवश्यक तयारी गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com