एजेन्सी ।  इरानका नयाँ सर्वाेच्च नेता आयतुल्ला मोज्तबा खामेनी ले अमेरिकासँगको तनाव कम गर्ने वा युद्धविराम गर्ने प्रस्तावहरू अस्वीकार गरेका छन् ।  रोयटर्सलाई एक वरिष्ठ इरानी अधिकारीले दिएको जानकारी अनुसार दुई मध्यस्थ देशमार्फत तेहरान पठाइएका प्रस्तावहरूलाई खामेनेईले स्पष्ट रूपमा अस्वीकार गरेका हुन् ।

ती अधिकारीका अनुसार आफ्नो पहिलो विदेश नीति बैठकमै खामेनेईको धारणा कडा र प्रतिशोधात्मक थियो । उनले अमेरिका र इजरायलविरुद्ध बदला लिनुपर्ने अडान लिएको बताइएको छ । यद्यपि उनी उक्त बैठकमा प्रत्यक्ष सहभागी थिए वा थिएनन भन्ने स्पष्ट गरिएको छैन ।

इरानमा अमेरिका र इजरायलको युद्ध तेस्रो हप्तामा प्रवेश गरिसकेको छ । दुई पक्षीय आक्रमणमा हालसम्म कम्तीमा २ हजार जनाको मृत्यु भइसकेको अनुमान गरिएको छ । तर युद्ध अन्त्य हुने कुनै संकेत देखिएको छैन । यसैबीच, विश्वका लागि अत्यन्त महत्त्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ हर्मुज अझै पनि ठप्पप्रायः अवस्थामा छ । यसले ऊर्जा आपूर्ति प्रभावित भएर विश्वभर तेलको मूल्य वृद्धि र महँगी बढ्ने चिन्ता बढेको छ ।

advertisement

हहिले शान्तिको समय नभएको भन्दै इरानी सर्वाेच्च नेताले अमेरिका र इजरायलले पराजय स्वीकार्नुपर्ने तथा क्षतिपूर्ति तिर्नुपर्ने सर्त अघि सारेका छन् । उता डोनल्ड ट्रम्पको प्रशासनले पनि पश्चिम एशियाका हयोगी राष्ट्रहरूले अघि सारेका कूटनीतिक पहलहरूलाई अस्वीकार गरेको बताइएको छ ।

यसले वार्ताको सम्भावना अझै कमजोर बनाएको छ । विश्लेषकहरूका अनुसार दुबै पक्षको कठोर अडानले द्वन्द्व अझ लम्बिने संकेत दिएको छ । यसको प्रभाव केवल मध्यपूर्वमै सीमित नभई विश्व अर्थतन्त्र, ऊर्जा आपूर्ति र सुरक्षा अवस्थामै गम्भीर असर पार्ने देखिएको छ ।

प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com