काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल ले पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन सरकारसँग आग्रह गरेका छन्।

महामन्त्री प्रदीप पौडेल ले मंगलबार एक भिडियो सन्देश जारी गरी मध्यपूर्वमा देखिएको द्वन्द्वको असरले नेपालमा महँगी बढ्न लागेको भन्दै त्यसलाई रोक्न पेट्रोलियम पदार्थमा सहुलियत दिन सरकारसँग आग्रह गरेका हुन्।

advertisement

उनले मध्यपूर्वमा देखिएको द्वन्द्वले पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा यातायात क्षेत्रमा मात्र नभएर सबैतिर यसको बहानामा मूल्यवृद्धि हुने खतरा बढेको बताए।

‘विगत केही दिनदेखि मध्यपूर्वका देशमा भएका घटनाले हामीलाई प्रभाव पार्ने दखिएको छ, मोटरसाइकल चढेर हिँड्नेदेखि दूध लिएर घर जानेसम्मका जोकोहीको पनि खर्च बढेको छ, सबैतिर पेट्रोलियमको मूल्यवृद्धिलाई देखाएर मूल्यवृद्धि भयावह हुने सम्भावना बढेर गएको छ,’ उनले भने।

‘वैकल्पिक ऊर्जाबाट चल्ने गाडीमा प्रोत्साहित गर्नुपर्छ, यस्तै वैकल्पिक ऊर्जाको प्रयोगबाट पेट्रोलियम पदार्थको उपभोग न्यूनीकरण गर्न सकिने सबै स्थिति प्रयोगमा ल्याउन सक्नुपर्छ,’ उनले भने।

महामन्त्री पौडेलले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि कारण महँगी बढ्ने खतरा रहेको र त्यसलाई रोक्न बजार अनुगमन गरेर कालोबजारी हुन नदिन आग्रह गरे।

प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com