काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच बुधबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटमा निर्वाचनपछि भएको स्थिति, संसद् सञ्चालन र समसामयिक राजनीतिक विषयमा व्यापक छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।

advertisement

अध्यक्ष दाहालले प्रतिनिधि सभा सदस्य निर्वाचन चुनौतीपूर्ण परिस्थितिमा पनि शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा प्रधानमन्त्री कार्कीलाई धन्यवाद व्यक्त गरे।

जवाफमा प्रधानमन्त्री कार्कीले भने, ‘यो उपलब्धि केवल मेरो होइन, सम्पूर्ण जनप्रतिनिधि, दल र कर्मचारीको सहयोग र सद्भावको परिणाम हो, जसले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुन सहयोग पुर्‍यायो।’

प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com