काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नयाँ सरकारलाई कम्तीमा तीन महिना काम गर्ने अवसर दिनुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गोकुल बाँस्कोटाले सरकारको सुरुवाती कामको मूल्याङ्कन गर्न हतार नगर्न सुझाव दिएका हुन्। ‘रास्वपाले चुनाव जितेको छ, अब कसरी शासन चलाउँछ भन्ने उनीहरूको जिम्मेवारी हो,’ उनले लेखेका छन्, ‘सरकार गठन भएको तीन महिनासम्म अरूले टिप्पणी गर्नु आवश्यक छैन।’

advertisement

जनताको मतबाट निर्वाचित भएकाले केही समय धैर्यतापूर्वक हेर्नुपर्ने उनको भनाइ छ। ‘जनता पहिले पनि थिए, अहिले पनि छन् र भविष्यमा पनि रहनेछन्। फरक यत्ति हो कि यसपटक जनताले उनीहरूलाई रोजेका छन्,’ उनले उल्लेख गरेका छन्।

उनले थपे, ‘जनताले उनीहरूको प्रतिबद्धतामा विश्वास गरेका हुन्, त्यसैले अनावश्यक आलोचना र आरोप–प्रत्यारोपभन्दा काम गर्न दिने वातावरण बनाउनु उचित हुन्छ।’

प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com