काठमाडौं । कैलालीमा एक युवकले आफ्नै श्रीमतीमाथि गोली प्रहार गरी हत्या गरेका छन् भने त्यसपछि आफूमाथि पनि गोली चलाएका छन्।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार गोदावरी नगरपालिका–४ अमलेशैनीका ३१ वर्षीय रामबहादुर मगरले २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेका हुन्।

advertisement

प्रहरीका अनुसार घरबाट करिब तीन घण्टाको पैदल दूरीमा रहेको जंगलमा बाख्रा चराउने क्रममा श्रीमान्–श्रीमतीबीच विवाद भएको थियो। सोही क्रममा रामबहादुरले आफूसँग रहेको भरुवा बन्दुक प्रयोग गरी श्रीमतीमाथि गोली प्रहार गरेका थिए, जसबाट उनको ज्यान गएको अनुसन्धानबाट खुलेको छ।

घटनापछि उनले सोही बन्दुकले आफूमाथि पनि गोली चलाएका थिए। गोली लागेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com