एजेन्सी। मध्यपूर्वमा बढ्दो द्वन्द्वपछि विश्वभर इन्धन तथा खाना पकाउने ग्यासको आपूर्ति प्रभावित हुँदै जाँदा विभिन्न मुलुकमा यसको असर देखिन थालेको छ।  अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि अन्तर्राष्ट्रिय बजारमा ऊर्जा संकट चुलिँदै गएको विश्लेषण भइरहेका बेला भारतमा पनि ग्यास अभावको समस्या तीव्र बन्दै गएको छ।

भारतको बिहार राज्यस्थित पटना सहरमा खाना पकाउने ग्यास अवैध रूपमा भण्डारण गरिएको आशंकामा प्रहरीले विशेष अनुगमन अभियान सञ्चालन गरेको छ।

advertisement

सोही क्रममा बुधबार मोका स्टेशन रोडस्थित एक होटलमा प्रहरी टोली छापा मार्न पुगेको थियो।

प्रहरी ग्यास सिलिन्डरको जाँचका लागि होटलभित्र प्रवेश गर्दा त्यहाँ अप्रत्याशित घटना सार्वजनिक भएको बताइएको छ।

होटलका केही कोठामा युवा–युवती आपत्तिजनक अवस्थामा फेला परेपछि प्रहरी पुगेको थाहा पाएसँगै उनीहरूबीच भागाभाग मच्चिएको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार ‘नीलम किचेन’ नामक होटलबाट तीन युवक र चार युवतीलाई नियन्त्रणमा लिइएको छ।

साथै, होटल सञ्चालक सियाराम सिंहलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ।

छापाका क्रममा प्रहरीले होटलका कोठाबाट केही आपत्तिजनक सामग्रीसमेत बरामद गरेको बताइएको छ।

घटनापछि प्रहरीले होटलका पाँच वटा कोठा सिल गरेर थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

प्रहरीले होटलमा ग्राहकहरूको विवरण दर्ता गर्ने रजिस्टरसमेत नियन्त्रणमा लिएको छ।

यसबाट होटलमा भइरहेका गतिविधिबारे विस्तृत जानकारी संकलन गर्ने प्रयास भइरहेको जनाइएको छ।

प्रहरीका अनुसार ग्यास भण्डारणको आशंकामा गरिएको छापा मार्ने क्रममा खुलेको यस घटनाबारे बहुआयामिक अनुसन्धान भइरहेको छ।

साथै, होटलमा अवैध गतिविधि सञ्चालन भएको वा नभएकोबारे पनि छानबिन जारी रहेको प्रहरीले जनाएको छ।

ऊर्जा संकट को असर विभिन्न मुलुकमा देखिन थालेका बेला भारतमा गरिएको यस्तो अनुगमन अभियानले आपूर्ति व्यवस्थापनसँगै अन्य अवैध गतिविधि नियन्त्रणमा पनि ध्यान केन्द्रित गरिएको संकेत गरेको छ।

प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com