काठमाडौं । गगन थापाले सभापति पदबाट दिएको राजीनामा कुनै निराशा वा पराजित मानसिकताको परिणाम नभई जिम्मेवारीबोधबाट प्रेरित निर्णय भएको स्पष्ट पारेका छन्।

उपसभापति विश्वप्रकाश शर्मालाई बुझाएको राजीनामा पत्रमा सभापति गगन थापाले लोकतान्त्रिक मूल्यअनुसार निर्वाचनको परिणामको जिम्मेवारी लिनु नेतृत्वको कर्तव्य भएको उल्लेख गरेका छन्। उनले आफ्नो निर्णयलाई त्यही कर्तव्यबोधको अभिव्यक्ति भन्दै यसलाई सकारात्मक रूपमा लिन आग्रह गरेका छन्।

advertisement

थापाले आफ्नो कार्यकालमा गरेका निर्णयहरू सधैं देश, लोकतन्त्र र पार्टीको हितलाई केन्द्रमा राखेर गरिएको दाबी गरेका छन्। उनले पदबाट अलग भए पनि पार्टी सुधार र पुनर्निर्माणको अभियानबाट आफू टाढा नहुने स्पष्ट पारेका छन्।

उनले आगामी दिनमा देशका विभिन्न क्षेत्रमा पुगेर पार्टीका कार्यकर्ता र आम नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, उनीहरूको भावना बुझ्ने र सुझाव संकलन गर्ने योजना पनि सार्वजनिक गरेका छन्। नेपाली कांग्रेसलाई अझ सुदृढ र प्रभावकारी बनाउन आफू थप ऊर्जा र प्रतिबद्धतासहित सक्रिय रहने उनको भनाइ छ।

थापाले पार्टीका विभिन्न तहबाट प्राप्त भइरहेका समर्थन र शुभेच्छाका सन्देशहरूले आफूलाई थप प्रेरणा दिएको बताएका छन्। ती सन्देशहरूलाई उनले केवल समर्थन नभई भविष्यप्रतिको भरोसा र अपेक्षाको संकेतका रूपमा लिएको उल्लेख गर्दै सो विश्वासलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com