काठमाडाैं  । निर्वाचन आयोगले बिहीबारका लागि तय गरेको समानुपातिक सांसदको प्रमाणपत्र लिने कार्यक्रममा कांग्रेस नेता अर्जुन नरसिंह केसी र एमाले उपाध्यक्ष रामबहादुर थापा बादल अनुपस्थित रहेका छन् ।

अन्य समानुपातिक सांसदले निर्वाचन आयोगमा पुगेर प्रमाणपत्र लिएपनि दुई सांसद भने अनुपस्थित रहेका हुन् ।

केसी प्रतिनिधिसभाका ज्येष्ठ सदस्य समेत हुन् । नेता अर्जुन नरसिंह केसी ले कार्यव्यस्तताका कारण आफू बाहिर रहेकाले जान नसकेको बताए । ‘म एउटा कार्यक्रमका सिलसिलामा बाहिर थिएँ । सोही कारण जान भएँ । प्रमाणपत्र प्रतिनिधिले लिनु भएको छ’, उनले भने ।

advertisement

यस्तै नेता बादल भने अनुपस्थित रहनुको कारण खुलेन । उनलाई सम्पर्क गर्दा सम्पर्कमा आएनन् ।

प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com