झापा। दमकका युवा व्यवसायी तथा सामाजिक अगुवा रुपनारायण न्यौपाने मृत भेटिएका छन् । पचास वर्षीय न्यौपानेको आज बिहान गौरीगञ्ज गाउँपालिका–१ स्थित कुन्जीबारीमा शव भेटिएको हो ।

दमकदेखि करिब ३० किलोमिटर दक्षिण कुन्जीबारीमा हिजोखेती हेर्न गएका उनी मृतावस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

advertisement

जिल्ला प्रहरी कार्यालयले शवको कानुनी मचुल्का उठाएर शव परीक्षणका लागि परिवारलाई जिम्मा दिएको जनाइएको छ । दमकमा लामो समयदेखि व्यावसायिक क्षेत्रमा क्रियाशील रुपनारायण न्यौपाने सहकारीकर्मी र सामाजिक कार्यमा सक्रिय थिए ।

कमलस्थित कमलनगर जेसीजका संस्थापक अध्यक्ष न्यौपाने दमकमा ईलेक्ट्रोनिक व्यवसाय सञ्चालन गदै आएका थिए । स्व न्यौपानेका श्रीमती र दुई छोराका साथ दमक ६ स्थित देवकोटा चौकमा बस्दै आएका थिए ।

प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com