काठमाडौं। विभागले बिहीबार सार्वजनिक गरेको मौसम पूर्वानुमानअनुसार चैत ६ गते शुक्रबार लुम्बिनी प्रदेश अन्तर्गत दाङ, बाँके तथा नेपालगन्ज आसपासका क्षेत्रमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ।
त्यसैगरी, शनिबार कोशी प्रदेश का मोरङ, विराटनगर, धनकुटा र धरान आसपासका क्षेत्रहरूमा पनि शक्तिशाली हावाहुरी चल्ने अनुमान गरिएको छ।
विभागका अनुसार हावाहुरीको गति झन्डै ३३ मिटर प्रति सेकेन्ड (करिब ११९ किलोमिटर प्रतिघण्टा) सम्म पुग्न सक्नेछ, जसले जनजीवनमा असर पार्न सक्छ।
तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा घरका छाना उड्ने, साथै विद्युत् र सञ्चार सेवामा अवरोध आउने जोखिम रहेको विभागले जनाएको छ। त्यसैले सम्भावित क्षति न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।
प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया