काठमाडौं। प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले बाघको छाला बिक्रीको अभियोगमा केन्द्रीय कारागारमा जेल जीवन विताइरहेका तनहुँको देवघाटका ५६ वर्षीय विष्णुबहादुर गुरुङ जेनजी आन्दोलनमा कारागारबाट फरार रहेका थिए। गुरुङ बाघको छाला बिक्री व्यवसाय गरेको मुद्दामा १५ वर्ष कैद सजाय र रु एक लाख जरिवाना फैसला भई कागारार जीवन बिताइरहेका थिए।

advertisement

ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जेनजी आन्दोलनका क्रममा फरार गुरुङलाई आज कङ्कीबाट पक्राउ गरिएको जानकारी दिए। पक्राउपरेका गुरुङलाई बाँकी कैद भुक्तान गर्न केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल पठाइएको उनले बताए।

प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com