काठमाडौं । १९ चैतदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा कर्णाली प्रदेशबाट कुल ३८ हजार ३७९ विद्यार्थी सहभागी हुने भएका छन्।
कर्णालीका १० जिल्लामा रहेका १६१ परीक्षा केन्द्रमार्फत नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ ६ हजार १२४ विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ।
निर्देशनालयका सूचना अधिकारी तथा परीक्षा शाखा प्रमुख खिमप्रसाद ढकालका अनुसार सबैभन्दा बढी विद्यार्थी सुर्खेतबाट ९ हजार ७७९ जना सहभागी हुनेछन् भने सबैभन्दा कम डोल्पाबाट ६७४ विद्यार्थी छन्, जहाँ चारवटा मात्र परीक्षा केन्द्र रहेका छन्।
जिल्लागत रूपमा दैलेखबाट ६ हजार २५३, जाजरकोटबाट ४ हजार ८१३, सल्यानबाट ४ हजार १४२, रुकुमपश्चिमबाट ३ हजार ९२२ र कालीकोटबाट ३ हजार ७१७ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।
त्यस्तै जुम्लाबाट २ हजार २५५, मुगुबाट १ हजार ५२४ र हुम्लाबाट १ हजार ३०० विद्यार्थी सहभागी हुनेछन्। परीक्षा केन्द्रका हिसाबले सुर्खेतमा ३४, दैलेखमा २२, कालीकोटमा २०, सल्यानमा १९, जाजरकोट र रुकुमपश्चिममा १६–१६, जुम्लामा १४, मुगुमा ९, हुम्लामा ७ र डोल्पामा ४ केन्द्र निर्धारण गरिएको छ।
प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया