काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले देशभर ह्वाट्सएप ह्याक गरेर हुने अनलाइन ठगी का घटनाहरू बढ्दै गएको भन्दै नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ।
साइबर ब्यूरोका अनुसार अनलाइन ठगी गर्नेहरू प्रायः “म समस्या/अप्ठ्यारोमा परेको छु, तुरुन्त पैसा पठाइदिनुहोस्” वा “मेरो बैंकिङ एपमा समस्या आएको छ, कृपया क्यूआर कोडमार्फत पैसा पठाउनुहोस्” जस्ता सन्देशहरू प्रयोग गर्छन्।
यी सन्देशहरू प्रायः ह्याक गरिएका खाताबाट आफन्त, साथी वा नजिकका व्यक्तिहरूलाई पठाइने भएकाले, बिना पुष्टि कुनै पनि आर्थिक कारोबार नगर्न ब्यूरोले सचेत गरेको छ।
साइबर ब्यूरोका मुख्य सुझावहरू:
- यस्ता सन्देशहरूमा तुरुन्त विश्वास नगर्नुहोस्।
- सम्बन्धित व्यक्तिलाई प्रत्यक्ष फोन गरेर पुष्टि गर्नुहोस्।
- शंकास्पद लिंक, कोड वा फाइल क्लिक वा डाउनलोड नगर्नुहोस्।
- Two-Step Verification अनिवार्य रूपमा प्रयोग गर्नुहोस्।
- OTP वा Verification Code कसैसँग साझा नगर्नुहोस्।
- मोबाइल तथा एप्स नियमित रूपमा अपडेट राख्नुहोस्।
- WhatsApp Web प्रयोग गरेपछि अनिवार्य रूपमा Log out गर्नुहोस्।
प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया