काठमाडौँ।  नियमित गस्तीमा रहेको नेपाल प्रहरीको टोलीले लागुऔषधसहित विभिन्न स्थानबाट २६ जनालाई पक्राउ गरेको छ।

नेपाल एयरलाइन्सको विमानमा आएका एक जना भारतीय नागरिकलाई पाँच किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय आगमनकक्षबाट बुधबार पक्राउ गरिएको हो।

advertisement

काठमाडौँ महानगरपालिका–३२, नरेफाँटबाट एक जना, नागार्जुन नगरपालिका–६, शरणपुरचोकबाट ७३ किलो गाँजासहित दुई जना, मोरङको उर्लाबारी नगरपालिका–७, बरगाछीबाट एक, नुवाकोटको विदुर नगरपालिका–१, त्रिशूलीबाट पाँच जना, पोखरा नगरपालिका–२७, सैनिकबस्तीबाट एक जनालाई पक्राउ गरिएको हो।

यसैगरी, बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरुबाट खैरो हेरोइनसहित आठ जना, सोही नगरपालिकाको ढोरपुरबाट एक जना, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बाट एक जना, र दाङको घोराही उपमहानगरपालिका–१८, गाउँबेँसी टोलबाट पाँच जनालाई पक्राउ गरिएको छ।

 

प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com