काठमाडौं । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित समानुपातिक सांसद अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफ्नो दाबेदारी स्पष्ट पारेका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन पुगेका सांसद अर्जुननरसिंह केसीले सञ्चारकर्मीसँग कुराकानी गर्दै संसदीय दलको नेतृत्वमा स्वाभाविक रूपमा आफ्नो दाबी रहने बताए।

advertisement

उनले भने, ‘संसदीय दलको नेतामा स्वत: दाबी हुन्छ। म सबैभन्दा सिनियर नेता हुँ। संसदीय अभ्यास र यात्रामा मैले ठूलो योगदान पुर्‍याएको छु। यदि तपाईंहरूले इतिहास हेर्नुभयो भने म २०४७ सालदेखि संसदमा कांग्रेसको नेतृत्वमा सक्रिय भूमिका खेलेको व्यक्ति पनि हुँ।’

यद्यपि उनले संसदीय दलको नेताको निर्णय सहमतिपूर्ण ढंगले हुनुपर्ने आफ्नो इच्छा व्यक्त गर्दै भने, ‘सहमतिपूर्ण ढंगले नै निष्कर्ष निस्कियोस् भन्ने मेरो चाहना हो।’

प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com