काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशका सातै प्रदेशका विभिन्न स्थानमा हुरीबतास, असिना र वर्षा भइरहेको जनाएको छ। विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण यस्तो मौसम देखिएको हो।

मौसमविद् हरिप्रसाद दाहालका अनुसार देशका धेरै ठाउँमा हुरीसहित वर्षा भइरहेको छ भने मकवानपुरको गढी क्षेत्रमा सबैभन्दा धेरै ४४.२२ मिलिमिटर वर्षा मापन गरिएको छ।

advertisement

त्यसैगरी काठमाडौँको बबरमहल क्षेत्रमा ७.८ मिलिमिटर र कीर्तिपुरमा १६.८ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। हालको वर्षा प्रणाली पश्चिमबाट बिस्तारै उत्तरपूर्वतर्फ सर्दै गएको उनले जानकारी दिए।

आगामी करिब तीन घण्टासम्म हुरीबताससहित वर्षा जारी रहने सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ।

विभागका अनुसार यस प्रकारको मौसमका कारण यातायात, सञ्चार तथा विद्युत् सेवा प्रभावित भएका छन्। अत्यावश्यक बाहेक आवागमन नगर्न र उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

आज राति र भोलिसम्म मधेस प्रदेशसहित कोसी, बागमती र लुम्बिनी प्रदेशका तराई तथा पहाडी क्षेत्रमा पनि हुरीबतास चल्ने सम्भावना रहेको विभागले जनाएको छ। कमजोर रुख ढल्ने, संरचना र छाना उड्ने तथा विद्युत्, सञ्चार, हवाई र सडक यातायातमा असर पर्ने जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com