काठमाडौँ । नेपाल वायु सेवा निगममा देखिएका बेथिती तथा वाइडबडी जहाज खरिद प्रकरणको छानबिनका लागि समिति गठन गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डङ्गोलको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिए।

मन्त्रालयले बिहीबार (चैत ५) सचिवस्तरको निर्णयअनुसार निगममा देखिएका बेथिती, वाइडबडी जहाज खरिदसँग सम्बन्धित अनियमितता तथा भ्रष्टाचारका विषयमा प्रमाण संकलन, अध्ययन र छानबिन गरी कार्यान्वयनयोग्य कार्ययोजनासहितको प्रतिवेदन ३० दिनभित्र पेश गर्न निर्देशन दिएको छ।

advertisement

समितिलाई कार्यक्षेत्रगत शर्त (टीओआर) अनुसार आवश्यक प्रमाण संकलन, अध्ययन तथा विश्लेषण गरी प्रतिवेदन तयार पार्न भनिएको छ।

स्रोतका अनुसार गोरखा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुदन गुरुङले छानबिनको माग गर्दै ज्ञापनपत्र बुझाएपछि यस विषयले थप ध्यानाकर्षण भएको हो।

प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com