काठमाडौं । नरेफाँटबाट प्रहरीले खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विदेह नगरपालिका–२ घर भई हाल नरेफाँट बस्दै आएका २८ वर्षीय सन्तोष कुमार झा रहेका छन्।
उनको साथबाट २२.८५० ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।
चैत ४ गते पक्राउ परेका झामाथि प्रहरी वृत्त नयाँ बानेश्वरले अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार












प्रतिक्रिया