काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावका कारण मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदली छ भने अन्य भूभागमा पनि आंशिकदेखि सामान्य बदली रहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानहरूमा चट्याङ, असिना र हावाहुरीसहित मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने जनाइएको छ।
आज राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी प्रदेशसहित अन्य प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानहरूमा तथा पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रकाशित मिति: ७ चैत्र २०८२, शनिबार













प्रतिक्रिया