काठमाडौँ । गुल्मीमा चट्याङ लागेर तीन जना घाइते भएका छन्। शुक्रबार मालिका गाउँपालिका–२ दर्लिङमा परेको चट्याङका कारण स्थानीय तीन महिला घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार घाइते हुनेमा ३२ वर्षीया गोमा खड्का, २८ वर्षीया निरु खड्का र २९ वर्षीया विष्णु खड्का रहेका छन्। उनीहरूलाई उपचारका लागि गुल्मी अस्पताल लगिएको छ, जसमध्ये एक जनाको अवस्था बेहोस रहेको प्रहरीले जनाएको छ।
घटनालगत्तै प्रहरी चौकी पौंदीअमराईबाट प्रहरी नायब निरीक्षक लखनलाल चौधरीको नेतृत्वमा टोली खटिएको थियो। घाइतेहरूको प्रारम्भिक उपचार लुम्बिनी वामी अस्पताल, वामीटक्सारमा गरिएको थियो।
यसैबीच, सोही चट्याङका कारण तीन वटा बाख्रा समेत मरेका छन्।
प्रकाशित मिति: ७ चैत्र २०८२, शनिबार













प्रतिक्रिया