काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले धर्म, संस्कृति र विविधताको सम्मान गर्दै सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट मात्र देश अघि बढ्ने बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत उनले इद पर्वको अवसरमा शुभकामना सन्देश दिँदै लेखेका छन्,
“धर्म, संस्कृति र विविधताको सम्मान गर्दै सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ ।”
बालेनले इदको यस पावन अवसरले सबै नेपालीबीच भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनाओस् भन्दै सबैमा इदको हार्दिक शुभकामना दिएका छन् । उनले एक–अर्काप्रति सम्मान, समझदारी र एकताले समाजलाई अझ सुदृढ बनाउने विचार पनि व्यक्त गरेका छन् ।
यो सन्देशले बालेनले आफ्नो राजनीतिक यात्रामा विविधता र सहिष्णुतालाई महत्व दिँदै आएको पुनः दोहोर्याएका छन् । रास्वपा सरकार गठनको तयारीमा रहँदा उनको यो अभिव्यक्ति समावेशी तथा एकताको सन्देशका रूपमा हेरिएको छ ।
प्रकाशित मिति: ७ चैत्र २०८२, शनिबार













प्रतिक्रिया