काठमाडौं । अब्बास अरागचीले होर्मुज स्ट्रेट हुँदै जापानसँग सम्बन्धित जहाजहरूको आवागमन खुला गर्न इरान तयार रहेको संकेत दिएका छन्।
जापानी सञ्चारमाध्यम क्योडो न्युज सँगको कुराकानीमा उनले जापानी जहाजहरूको आवत–जावत सहज बनाउन आवश्यक व्यवस्था गर्न इरान सकारात्मक रहेको बताएका हुन्।
क्योडो न्युजका अनुसार, अरागचीले उक्त प्रतिबन्ध अस्थायी रूपमा हटाउने विषयमा जापानी पक्षसँग पहिलेदेखि नै संवाद अघि बढिसकेको जानकारी दिएका छन्।
यसैबीच, जापान सरकारका एक अधिकारीले पनि क्योडो न्युजसँग प्रतिक्रिया दिँदै प्रतिबन्ध हटाउने सबैभन्दा प्रभावकारी उपाय इरानसँग प्रत्यक्ष संवाद नै भएको बताएका छन्।
समाचारमा उल्लेख भएअनुसार ती अधिकारीले बाह्य दबाब, विशेषगरी अमेरिकी प्रभावबाट जोगिन उच्च सतर्कता अपनाउनु आवश्यक रहेकोमा समेत जोड दिएका छन्।
प्रकाशित मिति: ७ चैत्र २०८२, शनिबार













प्रतिक्रिया