काठमाडौं । एम्बुलेन्स दुरुपयोग गरी चुरोट र लागुऔषध तस्करी गर्ने घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

आमा छोदिङ्मो गाउँपालिका–३ गतलाङ स्वास्थ्य चौकीको एम्बुलेन्स प्रयोग गरेर चिनियाँ चुरोट काठमाडौँतर्फ लैजाँदै गरेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिइएको हो। बिरामी बोकेको बहाना बनाउँदै आएको उक्त एम्बुलेन्सलाई बेत्रावति सुरक्षा चौकीमा जाँच गर्दा तीन हजार ९४० बट्टा चुरोट बरामद भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

advertisement

प्रहरी निरीक्षक तथा सूचना अधिकारी रमेश रायका अनुसार पक्राउ पर्नेमा एम्बुलेन्स चालक ४३ वर्षीय दावानुर्पु तामाङ, सोही गाउँपालिका–५ चिलिमेका २७ वर्षीय मार्कुस तामाङ, ३२ वर्षीय सुशील तामाङ र ३६ वर्षीया सुनिता तामाङ रहेका छन्।

यस्तै, रसुवागढी नाकाबाट लागुऔषधसहित एक जना थप पक्राउ परेका छन्। गोसाइँकुण्ड गाउँपालिका–५ का २४ वर्षीय विकास तामाङलाई केरूङबाट नेपालतर्फ प्रवेश गर्ने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।

उनको साथबाट २ ग्राम कालो चरेश तथा पहेँलो सात र सुन्तला रङ्गका पाँच क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ। दुवै घटनामा संलग्न व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com