काठमाडौं । ललितपुरको ललितपुर महानगरपालिका- २८ हरिसिद्धीस्थित होसना इट्टाभट्टामा पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छ्न।

मृत्यु हुनेमा रुकुम घर भई हाल सोही इट्टाभट्टामा काम गरी बस्ने ५५ वर्षीया तिल्सरी खड्का रहेकी छन्। उनको उपचाका क्रममा मेडिसिटी अस्पतालमा मृत्युभएको ललितपुर प्रहरीले जानकारी दिएको छ।

advertisement

घाइते हुनेमा रुकुमकै २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ती कुवर, रोल्पाकी४६ वर्षीया नन्द कुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल रहेका छन्।

उनीहरूको पनि सोही इट्टाभट्टामा काम गर्दै आइरहेका थिए। घाइते चारै जनाको उपचार भइरहेको छ। आइतबार बिहान सवा १० बजे काम गरिरहेको समयमा इट्टाभट्टाको पर्खाल भत्किएको थियो।

प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com