काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी ले पार्टीको निर्देशक समितिको अध्यक्ष पदबाट राजीनामा दिएका छन्।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको नतिजाप्रति गम्भीर असन्तुष्टि जनाउँदै उनले पार्टीलाई पुनर्संरचना गर्दै तदर्थ समितिमार्फत महाधिवेशन गरिनुपर्ने धारणा व्यक्त गरेका छन्।
राजीनामापत्रमा उनले महाधिवेशनपछि नयाँ नेतृत्वबाट प्राप्त जिम्मेवारी स्वीकार गर्न तयार रहने उल्लेख गरेका छन्। साथै, पार्टीको वर्तमान नेतृत्व तहमा रहेका पदाधिकारीहरूले तत्काल मार्ग प्रशस्त गर्नुपर्ने आवश्यकता पनि औँल्याएका छन्।
प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार













प्रतिक्रिया