काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्की लाई हस्तान्तरण गरेको छ।

आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले उक्त प्रतिवेदन प्रधानमन्त्री कार्कीलाई बुझाएका हुन्।

यसअघि आयोगले फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम चैत ५ गते रामचन्द्र पौडेल समक्ष पेश गरिसकेको थियो, जससँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया अघि बढेको छ।

प्रतिनिधिसभाका २७५ जना निर्वाचित सदस्यहरूको शपथ ग्रहण चैत १२ गतेका लागि तय गरिएको छ। त्यसपछि चैत १३ गते बालेन्द्र शाह को नेतृत्वमा नयाँ सरकार गठन हुने तयारी गरिएको छ।

प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com