काठमाडौं । नेपाली कांग्रेसले जेनजी आन्दोलनबारे कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग औपचारिक माग गर्ने भएको छ। पार्टीको केन्द्रीय समितिको बैठकले भदौ २३–२४ को आन्दोलनको घटनामा गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने निर्णय गरेको हो।
कांग्रेस महामन्त्री प्रदीप पौडेलले भने, ‘केन्द्रीय समितिको बैठकले आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गर्ने निष्कर्ष निकालेको छ। कार्की आयोगको प्रतिवेदनसार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी हो। यसका लागि पार्टीले आवश्यक पहल गर्नेछ।’
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा मानवीय र भौतिक क्षति सम्बन्धी छानबिन गर्न सरकारले आयोग गठन गरेको थियो। आयोगले करिब छ महिनाभन्दा बढी समय लगाएर प्रतिवेदन तयार पारी प्रधानमन्त्रीलाई बुझाइसकेको भए पनि अहिलेसम्म सरकारले सार्वजनिक गरेको छैन। यसै कारणले प्रतिवेदन सार्वजनिक गर्न दबाब दिने उद्देश्यले प्रदर्शनहरू पनि भइरहेका छन्।
प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार













प्रतिक्रिया