काठमाडौँ । मध्यपूर्वमा जारी युद्धको बीचमा केही खाडी मुलुकहरूले मिसाइल र ड्रोन हमला बारे चेतावनी जारी गरेका छन्। बीबीसीका अनुसार बहराइन, संयुक्त अरब इमिरेट्स (यूएई) र कुवेतले इरानबाट संभावित आक्रमणको सूचना दिएका छन्।
बहराइनको गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत अलार्म सायरन सक्रिय भएको र नागरिकहरूलाई शान्त रहन र नजिकको सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको जनाएको छ। मन्त्रालयले नागरिकहरूलाई आधिकारिक माध्यमबाट प्राप्त हुने सूचनाको पालना गर्न पनि भनिएको छ।
त्यस्तै, यूएईको रक्षा मन्त्रालयले देशको एयर डिफेन्स प्रणाली इरानबाट आउन सक्ने मिसाइल र ड्रोन हमला को खतरा सामना गरिरहेको जानकारी दिएको छ। मन्त्रालयले हाल सुन्ने आवाजहरू एयर डिफेन्स प्रणालीले हानिकारक मिसाइलर ड्रोनरोक्ने प्रयास गर्दा आएको बताएको छ।
कुवेत सेनाले पनि केही समय अघि देशको एयर डिफेन्स प्रणालीले शत्रुबाट आएका मिसाइल र ड्रोन रोकिरहेको जनाएको छ। सेनाका जनरल स्टाफले विस्फोटको आवाज एयर डिफेन्सले आक्रमण रोक्दा आएको स्पष्ट पारेका छन्। कुवेत सेनाले नागरिकहरूलाई सम्बन्धित अधिकारीहरूले जारी गरेका सुरक्षा निर्देशनहरूको पालना गर्न आग्रह गरेको छ।
प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार













प्रतिक्रिया