काठमाडौं । पश्चिम एसियामा जारी युद्धसँगै सुनको भाउ निरन्तर घट्दो क्रममा रहेको छ । नेपाली बजारमा सोमबार सुनको मुल्य ६ हजार ५०० रुपैयाँ घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा २ लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुन तोलामा २ लाख ८२ हजार रुपैयाँ थियो ।
यसैबिच सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ४ हजार ५४० रुपैयाँ कायम भएको चाँदी सोमबार घटेर ४ हजार ४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार













प्रतिक्रिया