काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको अर्को बैठक आह्वान गरेको छ।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक भोलि (मंगलबार) दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

advertisement

यसअघि शुक्रबार र आइतबार लगातार दुई दिन बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन कुमार थापाद्वारा प्रस्तुत राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियो। साथै, हालै सम्पन्न निर्वाचनबारे प्रारम्भिक समीक्षा समेत गरिएको थियो।

भोलिको बैठकमा निर्वाचनको विस्तृत समीक्षा गरिने नेताहरूले बताएका छन्। उक्त बैठकमा सभापति थापा पनि सहभागी हुने जनाइएको छ, जुन निर्वाचनपछिको उनको पहिलो उपस्थिति हुनेछ।

यसअघि भएका दुवै बैठक उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा सम्पन्न भएका थिए।

प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com