काठमाडौं । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोग मा नाराबाजी गरेका छन्।

‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंसा अन्त्य गर’, ‘महिला आयोग किन चुप ?’, ‘इनिशा विक र रेश्मिका परियारलाई न्याय देऊ’, ‘छोरी चेलीको रक्षा गर’ नाराका साथ पीडित पक्षले महिला आयोग परिसरमा नाराबाजी गरेका हुन् ।

advertisement

सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्यासम्बन्धी घटनाको शीघ्र छानबिन गर्नुपर्ने र खोटाङकी रेश्मिका परियारको बलात्कारपछि हत्या घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेका छन् । माइतीघर मण्डलामा न्यायका लागि धर्ना बस्दा पनि न्यायका लागि कुनै सुनुवाइ नभएको भन्दै पीडित पक्षले राष्ट्रिय महिला आयोग को ध्यानाकर्षण गराएका हुन्।

पीडित पक्षको मागमा खोटाङ सेवा समाजले ऐक्यबद्धता जनाएको सचिव नवराज रोकाले जानकारी दिए। उनले पीडितले जति सक्दो चाँडो न्याय पाउनुपर्ने र पीडकले कडाभन्दा कडा सजाय पाउनुपर्ने बताए ।

प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com