काठमाडौं । आम जनता पार्टी (आजपा)ले आफ्नो केन्द्रीय कमिटी पुनर्गठन गरेको छ।

७ चैतमा काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष प्रभु साहको नेतृत्वमा ३३७ सदस्यीय नयाँ केन्द्रीय कमिटी गठन गरिएको छ।

advertisement

पुनर्गठित कमिटीमा सहअध्यक्षका रूपमा तिलक थापामगर नियुक्त भएका छन्। कार्यालय सदस्यहरूमा रितादेवी साह, समिना हुसेन, बिल्टु यादव, अशोक लामा, त्रिभुवन साह, चन्द्रभुषण साह, धनकुमारी मगर, आत्माराम साह, सियाराम कुशवाहा, उमेश कुशवाहा र देवी पण्डित रेग्मी रहेका छन्।

केन्द्रीय सचिवालय सदस्यमा बिक्रम बहादुर बम, विद्याप्रसाद शर्मा, राधेश्याम गुप्ता, चेतबहादुर कुँवर, राधेश्याम साह, रविन्द्रप्रसाद सिंह, जुरीलाल मोची, धर्मेन्द्र पटेल, भोजराज त्रिपाठी, लालबाबु मन्सुरी, कैलाश महतो, लखिन्द्र साह, उदयचन्द्र प्रसाद, नरेश तुरहा, श्रीभगवान पटेल, श्रीलाल महासेठ, बिजय यादव, सुभाषप्रसाद साह, भोला पाण्डे, कुमारी बबिता, रञ्जुकुमारी साह, सञ्जय यादव, ठागा दास, बालकृष्ण सापकोटा, उमाशंकर साह, उपेन्द्र साह, पासाङ तामाङ, सरोजकुमार बछार, शिव थापा, अनिल झा, राजेश साह, किशोरी साह, रामनाथ माझीलगायत रहेका छन्।

साहका अनुसार नयाँ कमिटी १३ सदस्यीय केन्द्रीय कार्यालय, ९१ सदस्यीय केन्द्रीय सचिवालय र २५७ सदस्यीय केन्द्रीय सदस्य तथा बैकल्पिक सदस्य सहित कुल ३३७ सदस्यीय संरचनामा गठन गरिएको छ।

प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com