काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमितता सम्बन्धी मुद्दामा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम आचार्य धरौटीमा रिहा भएका छन्।
सोमबार विशेष अदालतमा उपस्थित भएका आचार्यलाई न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइराला को संयुक्त इजलासले २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो।
अदालतका सूचना अधिकारी यज्ञराज रेग्मी का अनुसार आचार्यले तोकिएको धरौटी रकम बुझाइसकेपछि रिहा भएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आचार्य पर्यटनमन्त्री रहँदा विमानस्थल निर्माणको लागत अस्वाभाविक रूपमा बढाई अनियमितता गरेको आरोप लगाएको छ। सोही प्रकरणमा आयोगले गत मंसिर २१ गते उनीसहित अन्य व्यक्तिविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार













प्रतिक्रिया