काठमाडौं । झापाको कचनकवल गाउँपालिका–४ मा सिटीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ५० वर्षीय शुकदेव गणेश रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मंगलबार राति बनियानीबाट लोधाबारीतर्फ जाँदै गरेको बीआर–११सी–३०७१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र–१–०१–००२बी ६४११ नम्बरको सिटी एकापसमा ठोक्किएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका गणेशलाई उपचारका लागि भद्रपुरस्थित ओम साई पाथीभरा अस्पताल लगिएको थियो।
अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीले सिटी चालक १९ वर्षीय स्थानीय सैजन मियाँसहित सवारी साधन नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार











प्रतिक्रिया