काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुन ले भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भए राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि भविष्यमा हार्ने चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमा महावीर पुन ले लेखेका छन्– “आगामी रास्वपाको सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारीलाई नियमको दायरामा राखेर कहिल्यै उठ्न नपाउने बनाउनु पर्छ। नियमले रोक्न नसके तुरुन्त नयाँ नियम बनाइनुपर्छ। यदि सरकारले भ्रष्टाचार रोक्न सक्दैन भने जनतालाई ठूलो धोका हुनेछ र रास्वपा पनि समयक्रममा हार्नेछ।”
उनले थपे, “तीन महिनाभित्र जनताले सुशासनको अनुभूति गर्न सकुन्। भ्रष्टाचार र कुशासन हटाउन म सरकारलाई पूर्ण सहयोग गर्नेछु।”
प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार













प्रतिक्रिया