काठमाडौं । पूर्व विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आगामी सरकारले कार्यभार सम्हालेको पहिलो दिनदेखि नै भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्नुपर्ने बताएका छन्।

म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुनले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कानुनी प्रक्रिया पूरा गरी कडाभन्दा कडा कारबाही गर्नुपर्ने उल्लेख गरेका छन्। उनले आवश्यक परे वर्तमान नियम–कानुन नै संशोधन गरेर भए पनि दोषीहरूलाई उन्मुक्ति नदिनुपर्ने बताएका छन्।

advertisement

महावीर पुनले लेखेका छन्, ‘अब बन्ने राष्ट्रिय स्वतन्त्र पार्टी को सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारविरुद्ध निर्णायक अभियान सञ्चालन गर्नुपर्छ। यदि विद्यमान कानुनले अवरोध सिर्जना गर्छ भने तुरुन्तै नयाँ व्यवस्था ल्याउनुपर्छ।’

पुनले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसके जनताको विश्वास गुम्ने चेतावनी पनि दिएका छन्। उनका अनुसार सुशासन कायम गर्न नसक्ने हो भने रास्वपा जस्तो नयाँ राजनीतिक शक्तिसमेत दीर्घकालीन रूपमा कमजोर बन्न सक्नेछ।

उनले सरकार गठन भएको तीन महिनाभित्रै जनताले सुशासनको प्रत्यक्ष अनुभूति गर्न पाउनुपर्नेमा जोड दिँदै भ्रष्टाचार र कुशासन अन्त्यका लागि आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com