काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा ले आफूले कुनै हतारो र हतास भएर राजीनामा नदिएको बताएका छन् ।
विशेष महाधिवेशन नगरी चुनावमा गएको भए कसरी सामना गर्नुपर्थ्यो भन्ने कसैले कल्पना नै नगरेको बताए ।
सभापति गगन थापा ले भने, ‘हामी चुनावमा प्रतिस्पर्धा गर्ने सबैले परिस्थितिबारे मूल्याङ्कन गरेका छौँ । जो कांग्रेसका उम्मेदवारका निम्ति मत माग्न आउनुभएन वा मत हाल्न जानुभएन उहाँहरूले यसको बारेमा अनुमान लगाउन सक्नुभएन ।’
उनले आफूहरूले विशेष महाधिवेशन गरेर कुनै कमजोरी नगरेको जिकिर गरे।
उनले भने, ‘मेरो राजीनामाबारे टीकाटिप्पणीबारे केही भन्नु छैन। राजीनामाको सोच बनाइसकेपछि मैले उपसभापति विश्वप्रकाश शर्मासँग नै मैले आफ्नो भावना राखेको थिए। निर्वाचन लगत्तै राजीनामा दिन चाहन्थे। तर केही प्राविधिक कुराले रोक्यो।’
उनले विशेष महाधिवेशनबाट आएको नेतृत्वले महाधिवेशनको जिम्मेवारी पूरा गर्ने बताए। उनले पार्टीका नेताहरूलाई राजीनामा स्वीकार गर्न आग्रह गरेपछि अपेक्षाभन्दा भिन्न निर्णय केन्द्रीय समितिले गरेको बताए। उनले आफ्नो अपेक्षा विपरीत निर्णय केन्द्रीय समितिले गरेको भएपनि सम्मान गरेर अघि बढ्ने बताए।
प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार











प्रतिक्रिया