काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा ले रास्वपालाई संविधानको भावना अनुसार काम गर्न सुझाव दिएका छन्।
पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नवयुवाहरूको भावनालाई सम्बोधन गर्ने गरी काम गर्न आग्रह गरे।
गगन थापा ले भने, ‘रास्वपाले ५ वर्षको लागि सरकार चलाउने अवसर पाएको छ। पार्टी र व्यक्तिको तर्फबाट बधाई दिन्छु, संविधान र नवयुवाहरूको विद्रोहको मर्म अनुसार यो कार्यकाल सरकार सञ्चालन गर्नुहुन्छ भन्ने शुभेच्छा दिन चाहन्छु।’
उनले निर्वाचनले कांग्रेसलाई प्रमुख प्रतिपक्षको जिम्मेवारी दिएको भन्दै नयाँ जिम्मेवारी पाएको बताए।
प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार











प्रतिक्रिया