काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी भदौ २४ देखि २६ गतेसम्म काठमाडौँमा आयोजना गर्ने प्रस्ताव अघि सारिएको छ।
सभापति गगन थापा ले पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समिति बैठकमा उक्त मितिमा महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव प्रस्तुत गरेका हुन्।
महाधिवेशन तयारीअन्तर्गत उनले क्रियाशील सदस्यता व्यवस्थापनलाई प्राथमिकता दिँदै चैत २१ गतेदेखि मसान्तसम्म विशेष अद्यावधिक अभियान सञ्चालन गर्ने प्रस्ताव गरेका छन्। साथै, वैशाख १ गतेदेखि मसान्तसम्म देशभरका ६ हजार ७४३ वटै वडामा क्रियाशील सदस्यता वितरण तथा नवीकरण गर्ने कार्यतालिका पनि प्रस्ताव गरिएको छ।
पार्टीले जेठ मसान्तभित्र सबै सदस्यताको विवरण केन्द्रमा पठाइसक्ने र असार १५ गतेसम्म आवश्यक छानबिन गरी अन्तिम टुंगो लगाउने तयारी गरेको जनाएको छ।
प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार












प्रतिक्रिया